Logo

बुधवार, कार्तिक १२ गते २०८३

स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री  खड्काले बनाएका संरचनामा काठमाडौं महानगरले डोजर लगायो 

स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री  खड्काले बनाएका संरचनामा काठमाडौं महानगरले डोजर लगायो 

जोईन खबर

२७, कार्तिक २०८२
  • 436
    SHARES
  • स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री  खड्काले बनाएका संरचनामा काठमाडौं महानगरले डोजर लगायो 

    २७ कार्तिक काठमाडौँ । काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको छ ।आज बिहान महानगर प्रहरीहरु डोजरसहित पुगेर संरचनाहरु भत्काएका हुन् ।

    images

    कांग्रेस नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका छन् । तर लामो समयदेखि भाडा तिरेका छैनन् । त्यसैले २० कात्तिकमा स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो ।

    images
    images
    images

    सो म्याद आज सकिएको छ ।स्काउटले आफ्नो जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने र त्यसबाट पनि भाडा असुल उपर नभए खड्काको जायजेथाबाट लिने चेतावनी दिएको थियो ।

     

    प्रकाशित मिति :कार्तिक २७, २०८२ बिहिवार - १०:५८:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको