२७ कार्तिक काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम काठमाडौं गोर्खाजले बुधबार उपत्यकाका विभिन्न ऐतिहासिक स्थलहरूमा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ।टिमले बिहान पाटन दरबार क्षेत्रबाट ट्रफी प्रदर्शन सुरु गरी जावलाखेल हुँदै बसन्तपुर दरबार क्षेत्रमा भव्य रूपमा ट्रफी प्रदर्शन गरेको हो।
आगामी प्रतियोगिताको प्रचार–प्रसार र क्रिकेटप्रतिको जनचासो बढाउने उद्देश्यले गरिएको यो कार्यक्रममा स्थानीय युवाहरू, खेलप्रेमीहरू र समर्थकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
काठमाडौं गोर्खाजले यसअघि पनि उपत्यकाभित्र विभिन्न सामाजिक कार्यक्रममार्फत क्रिकेटको प्रचार गर्दै आएको छ। टिमका व्यवस्थापकहरूले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।




