Logo

बुधवार, कार्तिक १२ गते २०८३

सुलिकोट बहुउद्देश्यीय सहकारीको सञ्चालक समितिको अध्यक्षमा बुद्विमान श्रेष्ठ र सचिवमा राजन बाबु श्रेष्ठ निर्वाचित

सुलिकोट बहुउद्देश्यीय सहकारीको सञ्चालक समितिको अध्यक्षमा बुद्विमान श्रेष्ठ र सचिवमा राजन बाबु श्रेष्ठ निर्वाचित

जोईन खबर

२९, कार्तिक २०८२
  • 1.8K
    SHARES
  • सुलिकोट बहुउद्देश्यीय सहकारीको सञ्चालक समितिको अध्यक्षमा बुद्विमान श्रेष्ठ र सचिवमा राजन बाबु श्रेष्ठ निर्वाचित

    २९ कार्तिक गाेरखा । गोरखा बारपाक सुलिकोट गाउॅपालीका वडा नं २ बारपाकको मुख्य कार्यालयमा सुलिकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पाचौँ बार्षिक साधारणसभा आज सम्पन्न  भएको छ। सुलिकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न हुदै आगामी चार वर्ष लागि २०८२–८६ सम्मका लागि नयाँ सञ्चालक समिति  समेत चयन गरिएको छ।

    images

    WhatsApp Image 2025-11-15 at 23.07.26_0b9288d6.jpg

    images
    images
    images

    पाचौँ बार्षिक साधारणसभाकाे हलमा

    संस्थाका शेयरधारूहरूको सर्वसम्मत सहभागितामा सम्पन्न सभाले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गनरेको हो । आज भएको पाचौँ बार्षिक साधारण सभाको निर्वाचन मण्डलबाट नयाँ सञ्चालक समिति सर्वसम्मत  निर्वाचित गरिएको संस्थाका निर्वाचित सचिव राजन बाबु श्रेष्ठले जानकारी दिनु भयो ।

    WhatsApp Image 2025-11-15 at 23.07.25_bbbe1ff8.jpg

    यस नयाँ  सञ्चालक समितिको अध्यक्षमा  बुद्दिमान श्रेष्ठ,उपाध्यक्षहरुमा बिकल कुमार श्रेष्ठ, भद्र कुमारी बराम,सचिवमा राजन बावु श्रेष्ठ,सहसचिवमा सुजन गुरुङ,कोषाध्यक्षमा मदन अंगाई सर्वसम्मत  निर्वाचित हुनु भएको हो । यसै गरि संस्थाको सञ्चालक समितिको सदस्यहरुमा शुक्रराज गुरुङ,धन बहादुर गुरुङ,अम्मर बहादुर गुरुङ,तिलु गुरुङ,सूर्य कुमार श्रेष्ठ,सनक बहादुर भट्ट,भावना परियार निर्वाचित भएका छन् ।

    WhatsApp Image 2025-11-15 at 23.07.24_eaf8b1be.jpg                                 नवनिर्वाचित सञ्चालक समितिहरू

    साधारण सभामा संस्थाको वार्षिक प्रगतिबिवरण, आर्थिक विवरण तथा आगामी वर्षका कार्ययोजनाबारे विस्तृत छलफल गरी पारित गरिएको छ। यस आज भएको बार्षिक साधारण सभा तथा नयाँ सञ्चालक समिति चयन कार्यक्रम बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट,गाउँपालिका प्रवक्ता जित बहादुर नेपाली, नर बहादुर गुरुङ,सहकारीका काठमाडौँका कर्मचारी सुरज श्रेष्ठ,गाउँपालिका भित्रका सबै सेवा केन्द्रका कर्मचारी लगायत शेयर सदस्यहरु विभिन्न वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरु उपस्थिति भएको थिए ।

    WhatsApp Image 2025-11-15 at 23.07.24_63a9bbfe.jpg

    यस कार्यक्रम विभिन्न व्यक्तिहरुले मनतव्य राखेका थिए । मनतव्य राख्ने क्रम गाउपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले यस सहकारी संस्था अझ पारदर्शी, सक्षम र सदस्यमुखी बनी अघि बढने प्रतिबद्धता र नयाँ समितिप्रति सफल कार्यकालका शुभकामना व्यक्त  गर्नु भयो । उहाँले अब आउने दिनमा यस सहकारीले गाउँका विभिन्न कृषि क्षेत्रहरुमा विकास गर्ने गरि काम गर्न समेत अुझाव दिनु भयो ।

    WhatsApp Image 2025-11-15 at 23.07.24_da2b29da.jpg                                    सबै सेवा केन्द्रका कर्मचारीहरू

    साधारण सभामा प्रस्तुत वार्षिक प्रगतिबिवरण, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका योजनाहरुमा समेत छलफलपछि पारित गरिएको थियो। संस्थाले सदस्यहरूको सक्रिय सहभागिता, पारदर्शिता र सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। यस सभाले शेयर सदस्यहरुलाई ४ प्रतिशत नगद लाभांश समेत पारित गरेको छ । साधारण सभा सफलतापूर्वक तथा भव्य रूपमा सम्पन्न  योगदान पुर्‍याउने सबै सदस्य तथा सरोकारवालाहरूप्रति संस्थाले धन्यवाद व्यक्त गरेको छ।

    WhatsApp Image 2025-11-15 at 23.07.25_cb8b12bc.jpg

    प्रकाशित मिति :कार्तिक २९, २०८२ शनिवार - २३:०५:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको