Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा सदरमुकाममा एक दिने योग–ध्यान शिविर सम्पन्न

गोरखा सदरमुकाममा एक दिने योग–ध्यान शिविर सम्पन्न

जोईन खबर

३०, कार्तिक २०८२
  • 622
    SHARES
  • गोरखा सदरमुकाममा एक दिने योग–ध्यान शिविर सम्पन्न

    ३० कार्तिक काठमाडौँ । गोरखा सदरमुकाममा आज एक दिने योग तथा ध्यान शिविर सम्पन्न भएको छ।स्वस्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने नारा साथ गोरखा नगरपालिका र जीवनविज्ञान नगरपरिषद्‌को सहकार्यमा आयोजनमा जिल्ला खेलकुद विकास समितिको कबडहलमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

    images

    स्वास्थ्य, मानसिक सन्तुलन र समग्र जीवनशैली सुधारका उद्देश्यले आयोजित शिविरमा विभिन्न उमेर समूहका स्थानीय नागरिकहरूको सहभागीता थियो। शिविरमा प्रशिक्षकहरूले शारीरिक व्यायाम, प्राणायाम, मन एकाग्र गर्ने तरिका तथा दैनन्दिन जीवनमा ध्यानको प्रयोगबारे मार्गदर्शन गरेका थिए। यस ध्यान शिविर कार्यक्रममा गाेरखा नगरपालिकाका मेयर कृष्ण राना पनि सहभागिता रहेका थिए । 

    images
    images
    images

    गोरखा नगरपालिकाले स्वास्थ्य–सचेतना तथा समुदायमै सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्धेश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने जनाएको छ।

    582736833_831303716319297_9143354006483109411_n.jpg584017090_831303632985972_3430021364641637453_n.jpg

    प्रकाशित मिति :कार्तिक ३०, २०८२ आइतवार - १५:२८:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको