Logo

बुधवार, कार्तिक १२ गते २०८३

ईपीएस दक्षिण कोरिया भाषा परीक्षा आजबाट सुरु हुँदै 

ईपीएस दक्षिण कोरिया भाषा परीक्षा आजबाट सुरु हुँदै 

जोईन खबर

१, मंसिर २०८२
  • 559
    SHARES
  • ईपीएस दक्षिण कोरिया भाषा परीक्षा आजबाट सुरु हुँदै 

    १ मंसिर काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाहरूको भाषा परीक्षा आजबाट सुरु हुँदै छ ।

    images

    पहिलो चरणमा आज उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरूको परीक्षा हुँदै छ । उत्पादन क्षेत्रमा ६७ हजार जनाले आवेदन दिएका छन् ।

    images
    images
    images

    सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जान चाहने कुल एक लाख दुई हजार ५१५ परीक्षार्थीले आवेदन दिएका छन् ।

    तीमध्ये पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेर भाषा परीक्षा सुरु गरिएको हो ।

    दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरूको परीक्षा हुने छ ।

    कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार जनाले आवेदन दिएका छन् ।उत्पादनमूलक क्षेत्रका ६७ हजार परीक्षार्थीको भाषा परीक्षा सुरु गरिएको हो ।

    भाषा परीक्षा दुई महिनाभित्र सक्ने तयारी रहेको वैदेशिक रोजगार विभागको ईपीएस शाखाले जनाएको छ ।

    दक्षिण कोरियाले १७ ईपीएस सदस्य देशहरूमध्ये नेपालबाट सबैभन्दा बढी श्रमिक लग्ने गरेको छ ।

    प्रकाशित मिति :मंसिर १, २०८२ सोमवार - १०:०७:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको