Logo

बुधवार, कार्तिक १२ गते २०८३

उसु खेलाडी न्युजिल्यान्ड प्रस्थान

उसु खेलाडी न्युजिल्यान्ड प्रस्थान

जोईन खबर

३, मंसिर २०८२
  • 574
    SHARES
  • उसु खेलाडी न्युजिल्यान्ड प्रस्थान

    ३ मंसिर काठमाडौँ । न्युजिल्यान्ड मा हुने ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा सहभागी हुन ४ खेलाडी बुधबार न्युजिल्यान्डको अकल्यान्ड प्रस्थान गरेका छन् । नोभेम्बर २२ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले प्रतिस्पर्धा गर्ने छन् ।

    images

    विजय र निमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् । दुवै राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीका सदस्य हुन् ।

    images
    images
    images

    टोलीलाई नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जन, उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामालगायते बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।प्रतियोगितापछि चारै खेलाडी करिब दुई महिनाको प्रशिक्षणमा न्युजिल्यान्डमै रहने उप–महासचिव महर्जनले जनाएका छन् । प्रशिक्षणले २० औं एसियाली खेलकुदको तयारीलाई अझ सुदृढ, व्यवस्थित र सहज बनाउने उप–महासचिव महर्जनले बताए ।

    प्रकाशित मिति :मंसिर ३, २०८२ बुधवार - १६:५९:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको