Logo

बुधवार, कार्तिक १२ गते २०८३

मसेल–जराङ जोड्ने जराङ खोला मोटरेबल पुल पुनः निर्माण प्रक्रिया सुरु

मसेल–जराङ जोड्ने जराङ खोला मोटरेबल पुल पुनः निर्माण प्रक्रिया सुरु

जोईन खबर

५, मंसिर २०८२
  • 490
    SHARES
  • मसेल–जराङ जोड्ने जराङ खोला मोटरेबल पुल पुनः निर्माण प्रक्रिया सुरु

    ५ मंसिर गोरखा — लामो समयदेखि रोकिएको मसेल–जराङ जोड्ने जराङ खोला मोटरेबल पुल निर्माण कार्य पुनः सुरु गरिएको छ। गोरखा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, वडा नम्बर–८ का वडाध्यक्ष शरण गुरुङ र भिमसेनथापा गाउँपालिका–१ का वडाध्यक्ष विकास श्रेष्ठको पहल तथा दबाबपछि पुनः निर्माण अघि बढाइएको हो।

    images

    Screenshot 2025-11-21 141226.JPG

    images
    images
    images

    भौतिक पूर्वाधार मन्त्रालय, गण्डकी प्रदेशमार्फत कुल लागत रु. २ करोड ५९ लाख ३ हजार ६ रुपैयाँमा सेट स्वायर जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । उक्त मोटरेबल पुल आगामी २०८३ साल वैशाख महिनासम्म सम्पन्न गर्ने गरी नयाँ समय सीमा तोकिएको छ। यसअघि सो पुल २०७९ र ८० को योजना अन्तर्गत २०८० साल चैत १२ गते निर्माण सुरु भई २०८२ फागुन २६ गतेभित्र सम्पन्न गर्ने सम्झौता थियो।

    Screenshot 2025-11-21 141141.JPG

    तर, ठेकेदार कम्पनी र जिम्मेवार कर्मचारी पक्षको लापरवाहीका कारण लामो समयसम्म निर्माण कार्य रोकिएको थियो, जसले स्थानीय बासिन्दा वर्षौँदेखि सास्ती भोग्दै आएका थिए। स्थानीय जनप्रतिनिधिहरूका अनुसार समयमै अनुगमन र ध्यानाकर्षण भएको भए योजना निर्धारित समयमै सम्पन्न भई स्थानीयहरूलाई सुविधाजनक यातायात पहुँच उपलब्ध हुने थियो। अब पुनः सुरु गरिएको निर्माण कार्य तोकिएको समयमै सक्ने अपेक्षा गरिएको छ।

    Screenshot 2025-11-21 141118.JPG

    प्रकाशित मिति :मंसिर ५, २०८२ शुक्रवार - १४:०९:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको