११ मंसिर दोहा (कतार) — गण्डकी प्रदेश समन्वय परिषद् कतारको नवौं स्थापना दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ।
परिषद् तथा आवद्ध जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा र नेपाली रक्तदाता संघ कतारको समन्वयमा आयोजना हुने उक्त कार्यक्रम शुक्रबार बिहान ८ बजेबाट सुरु हुने जनाएको छ।
रक्तदान कार्यक्रम हमाद हस्पिटलको Blood Donor Center मा हुने जनाएको आयोजकले जानकारी दिएका छन्।
कार्यक्रममा कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागिताका लागि सादर अनुरोध गरिएको छ।