Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति, कतारले चौथो अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रम गर्दै

नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति, कतारले चौथो अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रम गर्दै

जोईन खबर

११, मंसिर २०८२
  • 535
    SHARES
  • नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति, कतारले चौथो अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रम गर्दै

    ११ मंसिर दाेहा कतार। नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति, कतारले  तामाङ भाषा, लिपि, धर्म, संस्कार, र संस्कृतिको संरक्षण गरौँ, विश्व भरि छरिएर रहेको तामाङ एकजुट हौँ भन्ने मुल नारालाई आत्मसात गर्दै, इतिहासिक चौथो अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ।

    images

    कार्यक्रम भोलि  २८ नोभेम्बर २०२५ तारिख शुक्रबारको दिन कतारको  सनैया प्लाजा मलमा रहेको वेलफेयर रेस्टुरेन्ट को सभाहलमा  बिहान १० बजे बाट गर्ने भएको छ।नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति, कतारले विगतमा गरेको कार्य प्रगति विवरण प्रस्तुतिकरण , सहयोगीहरुलाई सम्मान तथा कदरपत्र वितरण , विशेष ब्याक्तित्वबाट शुभकामना आदानप्रदान , विविध सांस्कृतिक कार्यक्रममा तामाङ मौलिक परम्परागत प्रस्तुतिहरू गरिने , आत्मीय भेटघाट तथा सामूहिक भोजन को पनि ब्यबस्था रहेको छ,भने बन्द सत्रमा नयाँ कार्यसमितिको चयन गर्ने भएको छ।

    images
    images
    images

    नेपाल तामाङ घेदुङ्ले आयोजना गरेको भाग्य सली चिट्ठा पनि भोलिको कार्यक्रम मा खोल्ने भएको छ। उक्त कार्यक्रम मा सहभागिताको लागि कतारमा हुनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनिहरूमा  नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति, कतारले हार्दिक आग्रह गरेको छ।

    प्रकाशित मिति :मंसिर ११, २०८२ बिहिवार - १३:०१:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको