Logo

बुधवार, कार्तिक १२ गते २०८३

१२ औँ गोरखा महोत्सव पौष १४ देखि २८ गतेसम्म सञ्चालन हुने

१२ औँ गोरखा महोत्सव पौष १४ देखि २८ गतेसम्म सञ्चालन हुने

जोईन खबर

४, पौष २०८२
  • 724
    SHARES
  • १२ औँ गोरखा महोत्सव पौष १४ देखि २८ गतेसम्म सञ्चालन हुने

    ४ पुस काठमाडौँ । गोरखा उद्योग बाणिज्य संघको आयोजनामा यही पौष १४ गतेदेखि २८ गतेसम्म हरमटारीस्थित खेलकुद मैदानमा १२ औँ गोरखा महोत्सव सञ्चालन हुने भएको छ।प्रदेशस्तरीय उक्त महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम तय भएको गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्केले जानकारी दिए।

    images

    यसअघि महोत्सव पौष ४ गतेदेखि १४ गतेसम्म आयोजना गर्ने योजना रहे पनि विभिन्न कारणवश सो समयमा सञ्चालन गर्न नसकिएको अध्यक्ष मास्केले आज बिहान आयोजित पत्रकार सम्मेलनमा बताए।

    images
    images
    images

    महोत्सव सफल बनाउन विभिन्न २२ उप–समिति गठन गरी तयारी सुरु गरिएको उनले बताए। महोत्सव स्थलमा करिब १०० वटा स्टल रहनेछन्, जहाँ घरेलु तथा कृषि उत्पादनसँगै स्थानीय किसानले उत्पादन गरेका विभिन्न सामग्रीको प्रदर्शन गरिनेछ।

    साथै, विभिन्न संस्कृतिलाई झल्काउने सामग्री तथा कार्यक्रमसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।१५ दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गर्ने र झण्डै ३ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

    प्रकाशित मिति :पौष ४, २०८२ शुक्रवार - १५:११:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको