Logo

बुधवार, कार्तिक १२ गते २०८३

कतारमा सुनचाँदी पसल ठगी, ५ लाखभन्दा बढी कतारी रियाल लिएर दुई नेपाली फरार

कतारमा सुनचाँदी पसल ठगी, ५ लाखभन्दा बढी कतारी रियाल लिएर दुई नेपाली फरार

जोईन खबर

९, पौष २०८२
  • 508
    SHARES
  • कतारमा सुनचाँदी पसल ठगी, ५ लाखभन्दा बढी कतारी रियाल लिएर दुई नेपाली फरार


    ९ पुस काठमाडौँ । कतारको गोल्ड सुक क्षेत्रमा रहेको गोल्डेन स्टोन ज्वैलरी नामक सुनचाँदी पसल सञ्चालन गर्दै आएका दुई नेपाली व्यवसायीबाट करिब ५० जना नेपाली श्रमिक ठगिएको आरोप लागेको छ ।पीडितहरूका अनुसार गहना बनाइदिने भन्दै अग्रिम रकम लिएर गहना नदिई पसल सञ्चालक सम्पर्कविहीन भएका छन् ।

    images

    ठगीको रकम पाँच लाखभन्दा बढी कतारी रियाल रहेको बताइएको छ ।गहना अर्डर धेरै भएकाले समय लाग्ने भन्दै सञ्चालकहरूले लामो समयसम्म आलटाल गर्दै आएको पीडितहरूको भनाइ छ । पछि पसल नै बन्द भएपछि आफूहरू ठगिएको थाहा पाएको उनीहरूले बताएका छन् ।

    images
    images
    images

    आफूहरू ठगिएको थाहा पाए लगत्तै कतारस्थित सम्बन्धित प्रहरी निकायमा उजुरी दर्ता गराइएको पीडित गोविन्द खड्काले जानकारी दिए । उजुरीअनुसार फरार भएका पसल सञ्चालक रौतहट जिल्ला जिंगडवा–९ निवासी मो। मोजाज आलम र मोहम्मद रैन रहेका छन् । दुवै जनाले करिब सात वर्षदेखि साझेदारीमा व्यवसाय सञ्चालन गर्दै आएको पीडितहरूले बताएका छन् । हाल कतार प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

    गैरआवासीय नेपाली संघ ९एनआरएनए० कतारका अध्यक्ष कृष्ण पन्थीका अनुसार पीडितहरू संघको सम्पर्कमा आएका छन् । संघले नेपाली दूतावास कतार तथा कतारका सम्बन्धित ठगी तथा अपराधसम्बन्धी निकायसँग समन्वय गर्दै सहजीकरण गरिरहेको उनले बताए ।

    प्रकाशित मिति :पौष ९, २०८२ बुधवार - १०:३४:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको