९ पुस काठमाडौँ । लियो क्लब अफ गोरखाले यहि पुष ११ गते गोरखाको अजिरकोट गाँउपालिकाको वडा नम्बर ३ बुधसिङ्ग मा रहेको श्री बुद्ध ज्योति आधारभुत विद्यालयमा रहेका विद्यार्थी हरूलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गर्ने भएको छ।
उक्त कार्यक्रम अत्यन्तै समाजसेवी व्यक्तित्व अजिरकोट गाउँपालिका–५, सालबोट निवासी हाल दोहा–कतारमा रहनु भएका राजु लामाको विशेष स्पोन्सर तथा लियो क्लब अफ गोरखाको सह–स्पोन्सरमा सञ्चालन हुन लागेको हो। यस विद्यालयमा अध्यनरत ईसिडि देखि कक्षा ५ सम्मका २१ जना विद्यार्थी हरूलाई लियो क्लब अफ गोरखाको आयोजनामा यो चिसो मौसममा न्यानो बनाउन र थप शिक्षामा सहज हो, भन्ने उद्धेश्यका साथ शैक्षिक सामाग्री वितरण गर्ने भएको हो।
स्थानीय विद्यालयका विद्यार्थीहरू तथा समुदायलाई लक्षित गरी आयोजना हुन लागेको यस कार्यक्रमले शैक्षिक, सामाजिक तथा मानवीय सेवामा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ। कार्यक्रम सफल बनाउन स्थानीय जनप्रतिनिधि, विद्यालय परिवार, अभिभावक तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको लियो क्लब अफ गोरखाले जनाएको छ।
वैदेशिक रोजगारको शिलशिलामा कतार रहेका लामाले आफ्नो देश भन्दा तथा बिरानो देश बाट पनि यसरी समाजिक सेवामा तदारूकताका साथ समन्वय गर्ने राजु लामा प्रति लियो क्लब अफ गोरखाले हार्दिक धन्यवाद प्रकट गरेको छ।