१३ पुस काठमाडौँ । लियो क्लब अफ गोरखाले अजिरकोटका राजु लामाको विशेष सहयोगमा पुस ११ गते गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ बुधसिङ्गमा अवस्थित श्री बुद्ध ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ।

अजिरकोट गाउँपालिका–५ सालबोट निवासी तथा हाल दोहा, कतारमा रहनु भएका समाजसेवी व्यक्तित्व राजु लामाको विशेष सहयोगमा लियो क्लब अफ गोरखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। विद्यालयमा अध्ययनरत ईसीडीदेखि कक्षा ५ सम्मका २१ जना विद्यार्थीहरूलाई चिसो मौसममा न्यानो बनाउन तथा उनीहरूको पठनपाठनलाई थप सहज बनाउने उद्देश्यले न्यानो कपडा र आवश्यक शैक्षिक सामग्री वितरण गरिएको क्लबले जनाएको छ।

स्थानीय विद्यालयका विद्यार्थी तथा समुदायलाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमले शैक्षिक, सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा सकारात्मक योगदान पुर्याएको स्थानीयवासीको प्रतिक्रिया छ। कार्यक्रमप्रति विद्यालय परिवारले खुसी व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गरेको छ।
परदेशमा रहेर पनि जन्मभूमिप्रति जिम्मेवार भई निरन्तर सामाजिक सेवामा सक्रिय रहनु भएका समाजसेवी राजु लामाप्रति लियो क्लब अफ गोरखा तथा श्री बुद्ध ज्योति आधारभूत विद्यालय परिवारले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।