Logo

बुधवार, कार्तिक १२ गते २०८३

रेडियन्ट रिडर्सको वार्षिक स्पोर्ट्स मिट

रेडियन्ट रिडर्सको वार्षिक स्पोर्ट्स मिट

जोईन खबर

१४, पौष २०८२
  • 634
    SHARES
  • रेडियन्ट रिडर्सको वार्षिक स्पोर्ट्स मिट

    १४ पुस काठमाडौँ । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीको वार्षिक स्पोर्ट्स मिट सोमबार लगनस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सम्पन्न भएको छ ।स्पोर्ट्स मिटको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा कलाकार श्रेष्ठले स्कुल हेड गर्ल साइसा लामिछानेलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका थिए । उक्त टर्च साइसासहित विभिन्न हाउसका कप्तानले खेलकुद केन्द्रको ट्रयाकमा परिक्रमा गराएका थिए ।विद्यार्थी मार्चपास्टसहित विभिन्न मनोरञ्जनात्मक प्रतिस्पर्धामा सहभागी भएका थिए ।

    images

    जिम्न्याष्टिक र करातेको प्रदर्शनी खेल प्रस्तुत गरिएको थियो भने शिक्षक र अभिभावकबीच ‘टग अफ वार’ मैत्रीपूर्ण प्रतिस्पर्धा पनि भएको   थियो । स्पोर्ट्स मिटमा क्रिकेट, बास्केटबल, फुटबल, खोखोलगायतका खेलको पनि प्रतिस्पर्धा भएको थियो ।रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा भाइस प्रिन्सिपल देवराज गेलालले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने स्कुल कोओर्डिनेटर प्रतिक्षा दाहालले सहभागी सम्पूर्णलाई धन्यवाद दिइन् ।

    images
    images
    images

    संस्थापक प्रिन्सिपल ढुंगानाले विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षासंगै खेलकुद र अन्य अत्तिरिक्त क्रियाकलापमा पनि विद्यालयले विशेष जोडी दिइरहेको बताए ।समापनका अवसरमा वरिष्ठ कलाकार श्रेष्ठलाई सम्मान पनि गरिएको थियो । वरिष्ठ कलाकार श्रेष्ठलगायतले विभिन्न प्रतिस्पर्धामा विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

    प्रकाशित मिति :पौष १४, २०८२ सोमवार - १७:१७:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको