Logo

बुधवार, कार्तिक १२ गते २०८३

तनहुँमा हराएकी महिलाको शव मर्स्याङ्दी नदीमा फेला

तनहुँमा हराएकी महिलाको शव मर्स्याङ्दी नदीमा फेला

जोईन खबर

२०, पौष २०८२
  • 436
    SHARES
  • तनहुँमा हराएकी महिलाको शव मर्स्याङ्दी नदीमा फेला

    २० पुस काठमाडौँ । तनहुँ भानु नगरपालिका–५ बारीफाँटस्थित आफ्नै घरबाट पुस १३ गते बिहान करिब ०६३० बजे हराएकी अन्दाजी ४६ वर्षीया सुष्मा पौडेलको शव फेला परेको छ।

    images

    स्थानीयवासीमार्फत पुस १९ गते दिउँसो करिब १२स्०० बजे जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका–१ सत्रसयफाँटस्थित मर्स्याङ्दी नदीको बीच भागमा एक महिलाको शव देखिएको भन्ने जानकारी इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँमा प्राप्त भएको थियो। जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा  SOCO सहित  ९ जनाको प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। खटिएको प्रहरी टोलीले ट्युब, डोरी तथा लाइफ ज्याकेटको प्रयोग गरी शवलाई सुरक्षित रूपमा नदीको किनारमा निकालेको हाे । 

    images
    images
    images

    प्रारम्भिक घटनास्थल मुचुल्का सम्पन्न पश्चात मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल दमौली, तनहुँको शव गृहमा राखिएको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले  बताए । 

    प्रकाशित मिति :पौष २०, २०८२ आइतवार - १२:१६:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको