Logo

बुधवार, कार्तिक १२ गते २०८३

सभापति लामिछाने जिम्मेवारीमा फर्किएपछिको पहिलो सचिवालय बैठक केन्द्रीय कार्यालयमा सुरु

सभापति लामिछाने जिम्मेवारीमा फर्किएपछिको पहिलो सचिवालय बैठक केन्द्रीय कार्यालयमा सुरु

जोईन खबर

२०, पौष २०८२
  • 577
    SHARES
  • सभापति लामिछाने जिम्मेवारीमा फर्किएपछिको पहिलो सचिवालय बैठक केन्द्रीय कार्यालयमा सुरु

    २० पुसु काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    images

    यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदैछ।पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिको पहिलो सचिवालय बैठक रहेको झाको भनाइ छ ।

    images
    images
    images

    लामिछाने पुस ४ गते रिहा भएका हुन् । उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने कारगारबाट छुटेका हुन् ।

    उनलाई सुरुमा रुपन्देही कारागारमा राखिएको थियो । तर, उनी आफैँले जेल सरुवा मागेपछि ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको थियो ।बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् ।

     

    प्रकाशित मिति :पौष २०, २०८२ आइतवार - १४:४२:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको