Logo

बुधवार, कार्तिक १२ गते २०८३

 ताकुकोटकी अपेक्षा गैरे ‘मनको रहर’मा सानैदेखिको गायिका बने सपना

 ताकुकोटकी अपेक्षा गैरे ‘मनको रहर’मा सानैदेखिको गायिका बने सपना

जोईन खबर

२१, पौष २०८२
  • 2.6K
    SHARES
  •  ताकुकोटकी अपेक्षा गैरे ‘मनको रहर’मा सानैदेखिको गायिका बने सपना

    २१ पुस काठमाडौँ । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर–६ ताकुकोट, ढापे निवासी अपेक्षा गैरेलेको लोकप्रिय कार्यक्रम ‘मनको रहर’ मा सहभागी हुँदै आफ्ना सपना र भावना श्रोतामाझ बाँडेकी छन्।

    images

    कार्यक्रममा अतिथिको रूपमा सहभागी अपेक्षाले सानै उमेरदेखि नै आफूलाई नाच्न र गाउन अत्यन्तै मन पर्ने बताइन्। “अहिले पनि गाउन मन लाग्छ र भविष्यमा पनि म गायक नै बन्ने सपना देखिरहेकी छु,” भन्दै उनले गीतमार्फत आफ्ना दुःख, पीडा र भावनाहरू व्यक्त गर्न सकिने विश्वास व्यक्त गरिन्। गायन नै आफ्नो सानैदेखिको सपना भएको उनले सुनाइन्।

    images
    images
    images

    विद्यालयमा आयोजना हुने गायन प्रतियोगितामा सधैँ सहभागी हुँदै आएकी अपेक्षाले तेस्रो र दोस्रो स्थानसमेत हासिल गरिसकेकी छन्। सुरुमा घरमा आफू गाउने गरेको कुरा थाहा नभए पनि प्रतियोगिताबाट पुरस्कार लिएर घर पुगेपछि परिवारले थाहा पाएको र त्यसपछि झन् हौसला र साथ पाएको उनको भनाइ छ। परिवार र विद्यालय दुवैतर्फबाट पाएको सहयोगले आफ्नो आत्मविश्वास बढ्दै गएको उनले बताइन्।

    अन्य गायक–गायिकाहरूका अन्तर्वार्ता हेरेर प्रेरणा लिने गरेको बताउँदै अपेक्षाले संगीत क्षेत्रबाट भविष्यमा आत्मनिर्भर बन्न सकिने विश्वास व्यक्त गरिन्। “पहिला सिक्ने, बिस्तारै गाउने अवसर पाउने र पछि आफैँ स्थापित भएपछि आफ्नो मूल्य तोकेर गीत गाएर कमाउन सकिन्छ,” भन्दै उनले संगीतमार्फत चिनिनु र विभिन्न ठाउँ पुग्ने चाहना रहेको सुनाइन्।

    अबको समय अझ धेरै मेहनत गर्ने, सिक्ने र आफूलाई अझ राम्रो बनाउने प्रयास गर्ने बताउँदै अपेक्षाले पढाइलाई पनि सँगसँगै अगाडि बढाउने प्रतिबद्धता जनाइन्। ‘मनको रहर’ कार्यक्रममा आफ्नै विद्यालयका दिदीबहिनीहरूले मनका कुरा राखेको देखेपछि आफूलाई पनि बोल्ने हौसला आएको उनले बताइन्।

     

    प्रकाशित मिति :पौष २१, २०८२ सोमवार - १४:३६:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको