Logo

शुक्रवार, श्रावण १५ गते २०८३

थुनाबाट छुटेको दोस्रो दिनमै विपीन हत्याका मुख्य आरोपित फरार, ग्वार्कोसम्म देखियो लोकेसन

थुनाबाट छुटेको दोस्रो दिनमै विपीन हत्याका मुख्य आरोपित फरार, ग्वार्कोसम्म देखियो लोकेसन

जोईन खबर

२५, बैशाख २०८३
  • 196
    SHARES
  • थुनाबाट छुटेको दोस्रो दिनमै विपीन हत्याका मुख्य आरोपित फरार, ग्वार्कोसम्म देखियो लोकेसन

    २५ वैशाख काठमाडौँ । काठमाडौँमा युवक विपीनमाथि चक्कु प्रहार गरी हत्या गर्ने घटनाका मुख्य आरोपितमध्ये एकजना थुनाबाट छुटेको दोस्रो दिनमै हत्यामा संलग्न भएको खुलेको छ ।

    images

    पवन भट्टराई का अनुसार विपीनमाथि आक्रमण गर्ने दुई युवाको पहिचान भइसकेको भए पनि उनीहरू हालसम्म पक्राउ परेका छैनन् । घटनामा प्रयोग भएको हतियार चक्कु रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार विपीनलाई चक्कु प्रहार गर्ने मुख्य आरोपित कैलालीका राज विष्ट हुन् । उनी वैशाख २१ गते झैझगडा कसुरमा पक्राउ परेर छुटेका थिए । थुनाबाट छुटेको दोस्रो दिनमै उनी हत्या घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।चक्कु प्रहारपछि राज विष्ट कीर्तिपुर बाट भागेर ग्वार्को पुगेको लोकेसन ट्रयाकिङबाट देखिएको प्रहरीले बताएको छ ।

    घटनाबारे जानकारी भएका तीन जना युवालाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एकजनाको भूमिका शंकास्पद देखिएको भए पनि अन्य दुई जना प्रत्यक्ष रूपमा घटनामा संलग्न नरहेको प्रहरीको भनाइ छ ।घटनामा संलग्न दुवै आरोपितको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २५, २०८३ शुक्रवार - १५:३०:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको