१४ साउन काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पाकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेनलाई प्रतिपक्षसँग संवाद बढाउन आग्रह गरेका छन्। उनले सरकार सञ्चालनमा अनुभवको महत्व रहेको उल्लेख गर्दै संवादबाट समाधान खोज्नुपर्ने बताएका हुन्।
प्रचण्डले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भने, मलाई बोलाएर एकपटक संवाद गर्न तपाईंलाई केले रोकेको हो अहंकारले होरु अरूको अनुभव लिन किन कन्जुस्याइँ गर्नु भएकाे हाे । उनले प्रतिपक्षलाई बेवास्ता गर्नु लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नहुने भन्दै ूजति प्रतिपक्षलाई अवमूल्यन गर्नुहुन्छ, त्यति जनताको एउटा तहबाट बाहिर जानुहुन्छ, भन्ने टिप्पणी गरे।
उनले प्रधानमन्त्रीले प्रतिपक्षसँग नियमित संवाद गर्नुपर्ने आवश्यकता औंल्याउँदै ूतपाईंले प्रतिपक्षसँग संवाद गर्दा राम्रो हुन्छ,भने।भाषणको अन्त्यतिर प्रचण्डले नेपाली उखान उद्धृत गर्दै प्रधानमन्त्रीलाई अनुभवको सम्मान गर्न सुझाव दिए। उनले भने, आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको भन्ने उखान ख्याल गर्नुहोस्। प्रचण्डको यो अभिव्यक्ति संसदमा सरकार र प्रतिपक्षबीचको सम्बन्ध तथा संवादको आवश्यकतामाथि केन्द्रित रहेको रूपमा हेरिएको छ।