Logo

मंगलवार, श्रावण १२ गते २०८३

धनगढीमा आत्मदाह प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु, घटनाको कारण खुल्न बाँकी

धनगढीमा आत्मदाह प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु, घटनाको कारण खुल्न बाँकी

जोईन खबर

११, श्रावण २०८३
  • 556
    SHARES
  • धनगढीमा आत्मदाह प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु, घटनाको कारण खुल्न बाँकी

    ११ साउन काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका–३ का एक युवकले आत्मदाहको प्रयास गरेपछि उपचारका क्रममा मृत्यु भएको छ। शरीरमा पेट्रोल छर्केर आगो लगाएका ३५ वर्षीय ज्योति चौधरी को काठमाडौं थप उपचारका लागि लैजाँदै गर्दा धादिङमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    images

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले साउन ९ गते साँझ करिब ७ः३० बजे आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि परिवारका सदस्य तथा स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याएका थिए।

    प्रहरीका अनुसार चौधरीको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। अवस्था अत्यन्त गम्भीर रहेकाले सेती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो। तर परिवारले थप उपचारका लागि काठमाडौं लैजाने निर्णय गरेको थियो।

    काठमाडौंतर्फ लैजाँदै गर्दा धादिङ पुगेपछि उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    चौधरीले आत्मदाहको प्रयास किन गरे भन्ने कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    प्रकाशित मिति :श्रावण ११, २०८३ सोमवार - १०:४१:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको