१२ साउन काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको विरोध र दोषीमाथि कडा कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा इमर्जेन्सी सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।
संघका अनुसार ओपीडी, नियमित शल्यक्रिया तथा अन्य गैर-आपत्कालीन सेवाहरू आज प्रभावित हुनेछन् भने आकस्मिक ९इमर्जेन्सी० सेवा भने नियमित रूपमा सञ्चालन हुनेछ।
चिकित्सक संघले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न र घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, बिरामी तथा सेवाग्राहीलाई अत्यावश्यकबाहेकका सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।