११ जेठ काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा मुटु नकमाई अनुसन्धान हुने बताएका प्रधानमन्त्रीको मुटु कामेकोजस्तो लागेकोले चेक जाँच कुन अस्पतालमा गर्न चाहन्छु रास्वपाका सभापतिको भनाइ छ।
प्रधानमन्त्रीजी, तपाईंले मुटु कमाउँदिनँ भन्नुभएको छ। म तपाईंको मुटु चेक गर्न चाहन्छु कुन अस्पतालमा चेक गर्ने भन्नुस्, बुधबारको प्रतिनिधि सभा बैठकमा लामिछानेले भने।
भुटानी शरणार्थी प्रकरणमा नाम आएका विभिन्न मानिसलाई बयानसमेत नलिइएको लामिछानेको भनाइ छ। एकपटक बयानका लागि पनि नबोलाउने भनेको अविश्वासको वातावरण सिर्जना भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्नुहोला। अपराध अनुसन्धानमा प्रोफाइलले हुँदैन फाइल हुन्छ रास्वपाका सभापति लामिछानेले बताए।