Logo

बिहिवार, श्रावण १४ गते २०८३

सांसद ढाकाकुमार श्रेष्ठले रास्वपालाई पैसा नदिएको प्रष्टीकरण

सांसद ढाकाकुमार श्रेष्ठले रास्वपालाई पैसा नदिएको प्रष्टीकरण

जोईन खबर

१२, जेठ २०८०
  • 766
    SHARES
  • सांसद  ढाकाकुमार श्रेष्ठले रास्वपालाई पैसा नदिएको प्रष्टीकरण

    १२ जेठ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निलम्बनमा परेका डा. ढाकाकुमार श्रेष्ठले केही अनलाइन मिडियाहरूले समानुपातिक सांसद बन्न ३ करोड रुपैयाँ पार्टीलाई बुझाएको समाचार सम्प्रेषण भएकोमा आपत्ति जनाएका छन् । समाचार आधारहीन रहेको बताउँदै श्रेष्ठले गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

    images

    यो विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको ढाकाकुमारको दाबी गरेका छन् । मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु । साथै निष्पक्ष र स्वतन्त्र पत्रकारिताको धर्मलाई निर्वाह गरी आधारहीन समाचारलाई सम्प्रेषण नगर्न समेत सम्बन्धित मिडियाहरूको ध्यानाकर्षण गराउन चाहन्छु । भ्रामक तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनी पनि दिएका छन् ।

     

    kumar.jpg

    प्रकाशित मिति :जेठ १२, २०८० शुक्रवार - १०:४२:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको