१२ जेठ काठमाडौं । आफूले संसदीय मर्यादा उल्लंघन नगरेको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दाबी गरेका छन् ।दाहालले १० जेठको बैठकमा दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले शुक्रबार संसद बैठक अवरुद्ध गरेको छ ।
दाहालले संसदीय मर्यादा विपरित अभिव्यक्ति दिएकाले माफी माग्नुपर्ने एमालेको माग छ । माओवादी सांसद दाहालले संसदमा बोल्ने क्रममा पशुपति नाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचार’ भनेका थिए ।
मैले शिष्टतापूर्वक माननीय केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको भ्रष्टाचारहरुको फेहरिस्त बताएको हुनाले मैले संसदीय मर्यादा उल्लंघन गरेको छैन ।