१२ जेठ काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अजयबावु शिवाकोटीले नेपाली कांग्रेस तिनैवटा तहको सरकारमा रहेको भन्दै अहिलेनै पार्टीलाई बत्ति बालेर खोज्नुपर्ने अवस्था नभएको स्पष्ट पारेका छन् ।कांग्रेस, प्रदेशमा कांग्रेस, केन्द्र सरकार नेतृत्वमा कांग्रेस, यसो हे¥यो भने ठोक्किँदाखेरी ठोक्किनी मान्छेपनि मन्त्रीसँगै ठोक्किएला की मुख्यमन्त्रीसँग ठोक्किएला भन्ने छ ।
कांग्रेस ऐतिहासिक रुपमा बडो निरासाको अवस्थामा छ आमनागरिकको तप्कासँग कांग्रेसको जुन कनेक्शन छ, त्यो कनेक्शन कहीँ न कहीँ टुटेको जस्तो लाग्छ बेलामा नेतृत्वले एउटा भरोसा दिनुपर्नेथियो, नेतृत्वले एउटा आड दिनुपर्नेथियो ।
नेता शिवाकोटीले आम जनतालाई सर्भिस डेलिभरी गर्ने कुरामा नेपालका पार्टी नेतृत्वहरु चुकेको गुनासो पोखे । उनले थपे,‘नेपाली कांग्रेस सँगसँगै नेपाली कांग्रेससँगै जोडिएर अरु राजनीतिक दलहरु जो प्रजातन्त्र पुर्नस्थापनाका लागि लडेका थिए, ती राजनीतिक दलहरु पनि चुके ।
किनभने हिजोको दिनमा पञ्चायतको नेतृत्वमा रहेका उनीहरुलाई हेरेर नेपाली कांग्रेस तथा अरु राजनीतिक दल जो सत्ता ३०–३१ वर्ष हेरियो उनीहरुपनि त्यस्तै पञ्चायतको त्यो नेतृत्वको शैलीमा अगाडी बढिसकेपछि त्यो चाहीँ परिवर्तन धेरै अपेक्षा गर्न सक्दै सकिन्नथ्यो । जुन कुरा अहिले वास्तवमा ३० वर्ष सम्मको ३०–३२ वर्ष प्रजातन्त्रको त्यो अवस्थामा हामी पञ्चायतको सरकार पञ्चायतको उसलाई जसरी हामी उसको बारेमा विरोध गरिरहेका थियौं त्यही अवस्थामा आमनागरिकले विरोध गर्ने अवस्थामा पुगे ।