१४ जेठ काठमाडौ । आइतबारको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चौधरीलाई माफीको लागि सिफारिस गर्ने निर्णय गरेको बताइन् । चौधरीले टिकापुर घटनमा दोषी ठहर भइ जेल सजाय भोगिरहेका छन् । सरकारले जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा सजाय माफ गर्ने भएको हो ।