१५ जेठ काठमाडौ । रेशम चौधरीलाई न्याय नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् ।संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले आममाफी दिएर छोड्दा चौधरी न्याय नभएको बताएका हुन् ।
रेशम चौधरी निर्दोष छन् भन्ने विश्वासका साथ आफ्नो दलले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको पनि उनले बताए । गलत प्रक्रियाबाट उनलाई छुटाइएको भन्दै लामिछानेले भने, ‘रेशम चौधरी छुट्नुभयो, ठिक छ । दुई दिन अगाडिसम्म रेशमले नै आफूसँग म निर्दोष छु भनेको भन्दै उनले अघि भने, ‘अहिले उहाँ निर्दोष भएर छुट्नु भएन । जुन लडाइँ उहाँको थियो, यो लडाइँ उहाँले जित्नु नै भएन ।’

