१५ जेठ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणको टोली स्वीकृत भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डसहित पाँच मन्त्रीहरुको भारत भ्रमणमा जान टोली स्वीकृत गरेको हो ।उक्त टोलीमा भौतिक पूर्वाधार, ऊर्जा, परराष्ट्र, अर्थ र उद्योग मन्त्रीलगायत रहने छन् । प्रधानमन्त्री प्रचण्ड लगायतको टोली जेठ १७ गते भारत जाने र २० गते नेपाल फर्किने भएका छन् ।