१६ जेठ काठमाडौ । राज्यले मुक्ति पाउँछ भने मलाई मृत्युदण्ड दिए भैइगोनि भन्छन् पूर्व सांसद रेशमलाल चौधरीले आफ्नो आममाफीको विरोध गरेर भोटको राजनीति गर्न खोजिएको आरोप लगाएका छन् ।
समुदायलाई नै लान्छित गर्न खोज्दाको परिणाम निर्वाचनमा थाहा पाउनु होला । साढे ५ वर्षको जेल र तीन वर्षको प्रवास बसाइमा मैले कसलाई चिनिनँ र चौधरीले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि सामाजिक सञ्जालहरुमा तीन तहका अदालतबाट जन्मकैदको सजाय तोकेको व्यक्तिलाई माफी दिनु कानुनी राज्यको उपहास भएको भन्दै विरोध गरिएको छ । टीकापुर घटनालाई आफूले जातीय द्वन्द्वमा जान नदिएको दाबी पनि उनले गरे ।
आफू टीकापुर काण्डमा मारिएका प्रहरीका परिवारको न्यायका लागि लागिपर्ने पनि चौधरीले बताए । प्रहरी परिवारलाई पनि न्याय हुन्छ । सहादतप्राप्त प्रहरी परिवारलाई टीकापुर घटनाको अन्तिम सत्य थाहा पाउने अधिकार रहेको उनले औंल्याए ।