१६ जेठ काठमाडौ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा रहेको बताएका छन् ।संसदको पूर्वाधार समितिको बैठकमा समिति सदस्यहरूको जिज्ञासामा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयमा जानकार भएको बताएका हुन् ।
बैठकमा सांसद ठाकुर गैरले यस विषयमा जिज्ञासा राख्दै भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम पनि रहेको विषय के हो भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।यस विषयमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले पनि टिप्पणी गर्दै भारतीय नेतृत्वले स्पष्ट पार्नु पर्ने बताएका थिए ।