Logo

बुधवार, श्रावण १३ गते २०८३

सेक्रेट्स अफ राधा’ फेरि रिलिज हुने

सेक्रेट्स अफ राधा’ फेरि रिलिज हुने

जोईन खबर

१६, जेठ २०८०
  • 640
    SHARES
  • सेक्रेट्स अफ राधा’ फेरि रिलिज हुने

    १६ जेठ काठमाडौ । सेक्रेट्स अफ राधा’ फेरि रिलिज हुने भएको छ । हलले सोज बाँडफाँडमा अन्याय गरेको भन्दै ४ दिनमै प्रदर्शन स्थगित गरेको फिल्म अगामी भदौ २९ गतेबाट पुनः प्रदर्शनमा आउने भएको हो । फिल्मका निर्देशक सुवर्ण थापा हुन् । निर्माता तथा निर्देशक सुवर्ण थापाले अनुकूल समय हेरेर फिल्मलाई पुनः रिलिज गरिने बताएका थिए । भदौ २९ मा यसअघि दुई फिल्म ‘नाङ्गो गाउँ’ र ‘भागवत गीता’ ले  आउने बताइ सकेका छन् ।

    images

    फिल्म आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा विक्रमदास जोशी सह निर्माता रहेको फिल्ममा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ ।राधा’मा सृष्टि श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतको अभिनय छ ।

    प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - १३:४८:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको