Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा आयोजना हुने

नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा आयोजना हुने

जोईन खबर

१७, जेठ २०८०
  • 766
    SHARES
  • नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा आयोजना हुने

    १७ जेठ काठमाडौ । सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै सेलिब्रिटी नेपालले जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जनाएको हो ।महोत्सवमा २६ वटा फिल्म प्रदर्शन हुने सहभागी हुने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो । महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री तथा भाषाभाषीका फिल्महरू स्क्रिनिङ हुनेछन् ।

    images

    यसबाहेक महोत्सवमा स्क्रिनिङ हुने फिल्महरूमध्ये उत्कृष्टलाई पुरस्कृत गरिने भएको छ । स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु र नेपाली चलचित्र हेर्ने बानी बसाल्नु महोत्सवको मुख्य उद्देश्य हो ।पत्रकार सम्मेलनमा सापकोटाले भन्नुभयो, ‘दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु, नियमित नेपाली फिल्म हेर्ने बानी बसाल्नु, स्थानीय भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो ।’

    प्रकाशित मिति :जेठ १७, २०८० बुधवार - १७:२३:२७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको