Logo

बिहिवार, श्रावण १४ गते २०८३

भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने

भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने

जोईन खबर

१७, जेठ २०८०
  • 622
    SHARES
  • भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्री दाहालले  भेटवार्ता गर्ने

    १७ जेठ काठमाडौ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लेले आफ्नो भ्रमणको प्रमुख उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनु रहेको बताएका छन् ।बुधबार भ्रमणको पहिलो साँझ नयाँदिल्लीस्थित नेपाली दूतावासको आयोजनामा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । 

    images
     

    दाहालले भोलि बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने पनि जानकारी दिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधबार दिउँसो नयाँदिल्ली पुगेका दाहाल पहिलो रात मौर्य होटलमा बस्नेछन् ।

    बिहीबार उनले हैदरावाद हाउसमा समकक्षी मोदीसँग वार्ता गर्नेछन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले दाहाललाई स्वागत औपचारिक रूपमा स्वागत गरेकी थिइन् । 

    प्रकाशित मिति :जेठ १७, २०८० बुधवार - २२:२७:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको