Logo

बिहिवार, श्रावण १४ गते २०८३

सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमान कुनै सम्झौता हुँदैन : गृहमन्त्री

सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमान कुनै सम्झौता हुँदैन : गृहमन्त्री

जोईन खबर

१७, जेठ २०८०
  • 697
    SHARES
  • सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमान  कुनै सम्झौता हुँदैन : गृहमन्त्री

    १७ जेठ काठमाडौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन्। 

    images

    बुधबार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरूमा सरकारको ध्यानाकर्षण भएको बताउँदै उनले राष्ट्रिय हितविपरीतका गतिविधिमा कुनै सम्झौता नहुने स्पष्ट पारे। 

    उनले भने, ‘नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ। नेपाल सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमानको पक्षमा दृढ छ। यसमा कहिल्यै कुनै सम्झौता गरिनेछैन। यसको प्रतिकूल कुनै काम गरिनेछैन। 

    प्रकाशित मिति :जेठ १७, २०८० बुधवार - २२:४८:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको