१८ जेठ काठमाडौ । भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागि भारतले हवाइ रुट नदिने भएको छ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको आजको भेटवार्तामा यो विषय उठाउँदा मोदीले नेपालगञ्जबाट १५ हजार फिट मा उडेर आवातजावत गर्न दिनेगरि सहज वातावरण बनाउने जवाफ दिएका छन् ।
प्रधानमन्त्री दाहालको यस भ्रमणमा यो विषय नेपालले महत्वको साथ उठाउने पूर्व घोषणा नै गरेको थियो । नेपालले भैरहवा र महेन्द्रनगरबाट नेपाल प्रवेश गर्ने रुटमा भारतले सहजीकरण गर्ने विश्वास राखेको थियो । तर, प्रधानमन्त्री दाहालको आज मोदीसँग भएको भेटले यो विषय फेरि ओझेलमा परेको छ । नेपालको प्रस्तावमा मोदी नै सकारात्मक नबनेको बुझिएको छ ।