Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री दाहालले भोलि महाकालेश्वरमा पूजाअर्चना गर्ने

प्रधानमन्त्री दाहालले भोलि महाकालेश्वरमा पूजाअर्चना गर्ने

जोईन खबर

१८, जेठ २०८०
  • 787
    SHARES
  • प्रधानमन्त्री दाहालले भोलि महाकालेश्वरमा पूजाअर्चना गर्ने

    १८ जेठ काठमाडौ । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (शुक्रबार) उज्जैन जाँदैछन् । प्रधानमन्त्री प्रचण्ड भोलि बिहान ११ बजे उज्जैनस्थित महाकालेश्वर मन्दिर पुग्ने जानकारी दिइएको छ । प्रधानमन्त्रीले १२ ज्योतिर्लिंगमध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पुजाअर्चना गर्नेछन् ।

    images

    काठमाडौँबाट लगिएको १०८ किलो विशिष्ट प्रकारको रुद्राक्षले महाकालेश्वर महादेशको पूजाअर्चना गर्ने कार्यक्रम रहेको जनाईएको छ । यसक्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारी मात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

     

    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - २२:५३:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको