Logo

बिहिवार, श्रावण १४ गते २०८३

भारतमा मोदीसँग तीनपटक एक्लाएक्लै भेट भएपछि सहज भयो : प्रधानमन्त्री प्रचण्ड

भारतमा मोदीसँग तीनपटक एक्लाएक्लै भेट भएपछि सहज भयो : प्रधानमन्त्री प्रचण्ड

जोईन खबर

१९, जेठ २०८०
  • 700
    SHARES
  • भारतमा मोदीसँग तीनपटक एक्लाएक्लै भेट भएपछि सहज भयो : प्रधानमन्त्री प्रचण्ड

    १९ जेठ काठमाडौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक एक्लाएक्लै भेट भएपछि धेरै कुरामा सहज वातावरण बनेको बताएका छन् । परिस्थिति बिग्रेला जस्तो भए पनि धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको प्रचण्डले बताए ।

    images

    नयाँदिल्लीमा आज केही सम्पादकहरुसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मोदीसित हिजो मेरो तीनपटक वान टु वान भेट भयो । त्यसैले सहजतामा लग्यो । 

    भारतको चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जेठ १७ गते नयाँदिल्ली आएको थियो । प्रधानमन्त्री प्रचण्डले जेठ १९ गते प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायतसँग भेटवार्ता गरेका थिए ।

    प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो । मूलतः ऊर्जा र पारवहन क्षेत्रमा भएको सहमति ‘ऐतिहासिक’ भएको सम्वद्ध पक्षको दाबी छ ।

     


     
     

    प्रकाशित मिति :जेठ १९, २०८० शुक्रवार - ०९:१९:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको