आज नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो ।

हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको निधन भएको थियो । वीरेन्द्रको वंशनाशपछि राजा बनेका उनका भाइ ज्ञानेन्द्रले राजतन्त्र जोगाउन सकेनन् । नारायणहिटी दरबारलाई अहिले संग्रहालय बनाइएको छ ।

