Logo

बिहिवार, श्रावण १४ गते २०८३

चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै

चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै

जोईन खबर

२०, जेठ २०८०
  • 721
    SHARES
  • चार दिने भारत भ्रमण सकेर  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  आज स्वदेश फर्किँदै

    २० जेठ काठमाडौ । बुधबार जेठ १७ गते भारत भ्रमण गएका प्रधानमन्त्री प्रचण्ड विभिन्न महत्त्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् ।

    images
    प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको मध्य प्रदेशको इन्दौर पुगेका छन् । उनी आज त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्दी फर्किने छन् । दिल्लीबाट अपराह्न ४ : २० नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँ फर्किने कार्यक्रम तय भएको छ ।

    भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि सहभागी छन् ।

    प्रकाशित मिति :जेठ २०, २०८० शनिवार - १०:१९:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको