Logo

बिहिवार, श्रावण १४ गते २०८३

उप-प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राप्त उपलब्धि सङ्कटमा पर्ने खतरा बढ्दै गएको छ

उप-प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राप्त उपलब्धि सङ्कटमा पर्ने खतरा बढ्दै गएको छ

जोईन खबर

२१, जेठ २०८०
  • 628
    SHARES
  • उप-प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राप्त उपलब्धि सङ्कटमा पर्ने खतरा बढ्दै गएको छ

    २१ जेठ काठमाडौ । उप-प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्र, संविधान, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीलगायत प्राप्त उपलब्धि सङ्कटमा पर्ने खतरा बढ्दै गएको भन्दै रक्षाका निम्ति सबैलाई आग्रह गरेका छन् ।

    images

    छुवाछूतमुक्त राष्ट्र घोषणाको १७ वर्ष पूरा भएको सन्दर्भमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेला मूल आयोजक समितिद्वारा आयोजित ‘स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम भेला’ को यहाँ आज उद्घाटन गर्दै उनले प्राप्त उपलब्धिमाथि विभिन्न बहानामा प्रहार भइरहेको उल्लेख गरे ।

    उनले राजनीतिक परिवर्तनसँगै अबका दिनको आम जनताको अवस्था बदल्नका लागि वर्तमान सरकार केन्द्रित रहेको बताए । 

    दलित समुदायमाथिको जातीय उत्पीडन र शोषणसँगै वर्गीय शोषण तथा उत्पीडन पनि भएको टिप्पणी गर्दै उनले नेपालको सामाजिक लोकतान्त्रिक आन्दोलनसँगै विभिन्न सङ्घर्षमा योगदान पुर्‍याउने दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक समस्यालाई एकीकृत रूपमा समाधान गर्नुपर्नेमा जोड दिए । उनले दलित समुदायबारे संविधानमा उल्लेख धारा २४ र ४० लाई व्यावहारिकरुपमा कार्यान्वयन गर्न दलित समुदाय सक्रिय हुनुपर्नेमा पनि जोड दिए ।

    दलित नेता गणेश विकले दलित समुदायबारे प्राप्त उपलब्धि कार्यान्वयनमा उदासीनता देखिएको बताए । सोही अवसरमा एक लाख राशिको ‘इभा क्यासेल पुरस्कार’ दलित आन्दोलनका अगुवा लालबहादुर विश्वकर्मालाई प्रदान गरिएको थियो । 

    प्रकाशित मिति :जेठ २१, २०८० आइतवार - ०६:१४:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको