२१ जेठ काठमाडौ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुने स्पष्ट पारेका छन् । एमाले, राप्रपा र रास्वपाले आज सदन अवरुद्ध पारेका छन् ।
उनीहरुले नागरिकता प्रमाणीकरण, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिलगायतका विषयमा सदन अवरुद्ध पारेका हुन् ।संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा ओलीले भने,‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि सेटल हुनेछ ।