Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली नागरिकले नागरिकता पाउने विषयमा कसैको विमती छैन

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली नागरिकले नागरिकता पाउने विषयमा कसैको विमती छैन

जोईन खबर

२२, जेठ २०८०
  • 685
    SHARES
  • प्रधानमन्त्री पुष्पकमल दाहालले  नेपाली नागरिकले नागरिकता पाउने विषयमा कसैको विमती छैन

    २२ जेठ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल राष्ट्रको वृहत्तर हितलाई केन्द्रविन्दुमा राखेर नेपाली नागरिकले सहज ढङ्गले नागरिकता पाउन र अनागरिकले नागरिकता प्राप्त नगरुन भन्ने सैद्धान्तिक विषयमा सबैको एकमत भएको बताउनुभएको छ ।

    images

    सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नो चार दिने औपचारिक भारत भ्रमणबारे जानकारी गराउनुहुँदै प्रधानमन्त्री प्रचण्डले नागरिकताका विषयमा अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ मा सबैको सहमतिका आधारमा उक्त व्यवस्था गरिएको समेत उल्लेख गर्नुभयो । यस सिद्धान्तमा कसैको विमती नभएको समेत स्पष्ट पार्नुभयो ।

    जन्मका आधारमा नेपालीलाई नागरिकता दिन, आमाको नाममा नागरिकता दिन र गैरआवासीय नेपालीलाई नागरिकता दिन कानुन आवश्यक भएको उहाँको भनाइ छ । जन्मसिद्ध नागरिक आमा बाबुका छोराछोरी नागरिकता पाउनुपर्छ भन्नेमा सबै एकै ठाउँमा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    प्रधानमन्त्रीले हामी विवाह गरी आउने महिलाका हकमा केही प्रक्रिया राख्नुपर्छ भन्नेमै छौँ, विवादै नभएको विषयमा किन विवाद गराउन खोजिएको छ ? नागरिकता नपाउने १२/१५ लाख भइसके, केपी ओली प्रम हुँदा ल्याएको अध्यादेश र शेरबहादुर देउवा प्रम हुँदा ल्याएको विधेयक एउटै हो, अदालतमा भएको विषयलाई यहाँ किन विवाद गर्ने, अदालतको निर्णय सबैले मान्नुपर्छ ।परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज संस्थानबीच पनि भ्रमणका बेला सहकार्य भएको जानकारी गराउनुभयो । प्रधानमन्त्री प्रचण्डले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वानसहित अन्तरक्रिया सम्पन्न भएको जानकारी दिनुभयो ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा औपचारिक चार दिने भ्रमणसम्बन्ध बलियो बनाउन केन्द्रित भएको उहाँको भनाइ छ । आर्थिक मामिलामा दीर्घकालीन सम्झौता भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । 

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा सकारात्मक कुरा भएको जानकारी पनि प्रधानमन्त्री प्रचण्डले गराउनुभयो । जलविद्युतका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भ्रमणमा भएको छ र नेपालबाट भारततर्फ ऊर्जाको व्यापारका विषयमा कुराकानी भएको जानकारी पनि उहाँले गराउनुभयो ।नेपालबाट बङ्गलादेशमा ऊर्जा निर्यात गर्ने विषयमा सहमति भएको जानकारी उहाँले दिनुभयो । नेपाल–भारत सीमावर्ती क्षेत्रमा बाढी र डुबानका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्री प्रचण्डले संसद्लाई जानकारी गराउनुभएको छ ।

     

     

    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - १४:२२:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको