Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रतिनिधि सभाको संसद्को रेकर्डबाट भैँसी चढेर आउनु परेको भन्ने शब्द हटाइयो

प्रतिनिधि सभाको संसद्को रेकर्डबाट भैँसी चढेर आउनु परेको भन्ने शब्द हटाइयो

जोईन खबर

२२, जेठ २०८०
  • 706
    SHARES
  • प्रतिनिधि सभाको संसद्को रेकर्डबाट  भैँसी चढेर आउनु परेको भन्ने शब्द हटाइयो

    २२ जेठ काठमाडौ । प्रतिनिधि सभाको रेकर्डबाट प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको भन्ने शब्द हटाइएको छ ।बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त शब्द हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिएका हुन् ।

    images

    बैठकमा सार्वजनिक महत्त्वको विषयमा जानकारी दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका विषयमा सदनलाई जानकारी गराएका थिए ।प्रधानमन्त्री दाहालको भारत भ्रमणको जानकारीपछि थप प्रष्टीकरण माग गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा भैँसी चढेर आउनु परेको भन्ने शब्दप्रति अभिव्यक्ति दिएपछि सत्तापक्षका सांसदहरुले नियमापत्ति गरेका थिए ।

    खनालले भनेका थिए, ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा हामी चाहन्थ्यौँ, उहाँ आफैले हालै उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउनुहोला, दुर्भाग्यवश भैँसी चढेर आउनु परेका कुराहरू आएँ ।’ त्यसपछि सभामुख घिमिरेले उक्त शब्दावलीलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - १५:२२:४८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको