२२ जेठ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दराजमा थन्किएको नागरिकता विधेयकबारे राष्ट्रपतिलाई सम्झाएका हौँ ।सोमबारको प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नहरूको दोस्रोपटक जवाफ दिने क्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यालयमा थन्किएको नागरिकता विधेयकबारे सरकारले सम्झाएको बताएका छन्।
तत्कालीन राष्ट्रपतिले होल्डमा राख्नुभयो। नागिरकता विधेयक दुई–दुईपटक पारित भएर प्रमाणीकरणका लागि गएको थियो। होल्ड गर्दा संविधान मिचिएको थियो। १५ दिनभित्र प्रमाणीकरण नगर्नु संविधानविपरीत थियो। ठूलो क्राइसिसमा संविधान पुगेको थियो।
मिचिएको संविधानलाई ट्रयाक ल्याउने सबैभन्दा संवैधानिक बाटो के थियो रु संविधानविद्, विषयविज्ञहरूको छलफलपछि यही बाटो उत्तम ठानेर यही बाटो अपनायौँ।अन्तिम फैसला आएपछि यसको प्रक्रियाबारे छलफल गरौँला।प्रधानमन्त्री प्रचण्डले नागरिक विधेयक प्रमाणीकरणको प्रक्रियाबारे जानकारी गराउँदै गर्दा बीचमै एमालेका सांसदले आपत्ति जनाएका थिए।