२३जेठ काठमाडौ ।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले मंगलबारका लागि तय भएको राष्ट्रिय सभाको बैठक स्थगित गरिदिएका छन् ।अध्यक्ष तिमिल्सनाले विशेष कारणवश मंगलबार बोलाइएको बैठक बुधबारका लागि निर्धारण गरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर जानकारी दिए ।
राष्ट्रिय सभाको बैठक ११ बजेर ११ मिनेटका लागि बोलाइएको थियो । आजको बैठकममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा केन्द्रित रही सार्वजनिक महत्वको विषयमा बोल्ने सम्भावित कार्यसूची थियो ।