२४ जेठ काठमाडौ । नेपाली काँग्रेसका प्रवक्ता डा महतले काँग्रेस केन्द्रिय सदस्य तथा सांसद डा. आरजु राणाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताएका छन्।मंगलवार सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै प्रवक्ता महतले देउवा आफैँले सो अडियोको अनुसन्धान गर्न साइबर ब्युरोमा निवेदन दिइसकेको अवस्थामा मिडियामा ट्रायल गरेर दोषी नबनाउन आग्रह गरे।
डा. आरजु राणाको विषयलाई लिएर उहाँ आफैँले प्रतिरक्षा गरिरहनुभएको छ। आफैँले साइबर ब्युरोमा गएर यो नक्कली कुरा हो। यसको अनुसन्धान गर उहाँले भनिरहनु भएको छ। भनेपछि पहिला नै न उहाँ आरोपी हो। यत्तिकै सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषि हो भनेजस्तो गर्नु भएन नि। उनले सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै पार्टी सभापति शेरबहादुर देउवाले निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि सघाइरेको बताए। घटनामा संलग्नहरु दोषि प्रमाणित भएमा कानूनी प्रक्रिया अनुसार अगाडी बढ्ने उनको भनाइ छ।