२४ जेठ काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले चालु आर्थिक वर्षमा सरकारले लिएको कर नीतिका कारण गरिबहरु झन् गरिबीमा जाने बताएकी छन् ।आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमाथि प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले आलु र प्याजजस्ता दैनिक उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लिने सरकारको नीतिले गरिबलाई झन् गरिब बनाउने बताइन् ।
हरेक सासको कति मोल लिनुहुन्छ ?’ उनले प्रश्न गरिन् । दलहरुले राजनीतिक मुद्दा उठाएर पटक पटक संसद अवरोध गरेको भन्दै सांसद श्रेष्ठले अब आफूहरु नागरिकको मुद्दा उठाएर संसद अवरोध गर्ने बताइन् ।