Logo

मंगलवार, कार्तिक ११ गते २०८३

रास्वपा सांसद आक्रोश हुदै अर्थमन्त्रीले अर्को वर्ष सासमा पनि कर उठाउनुहुन्छ

रास्वपा सांसद आक्रोश हुदै अर्थमन्त्रीले अर्को वर्ष सासमा पनि कर उठाउनुहुन्छ

जोईन खबर

२४, जेठ २०८०
  • 787
    SHARES
  • रास्वपा सांसद आक्रोश हुदै अर्थमन्त्रीले अर्को वर्ष सासमा पनि कर उठाउनुहुन्छ

    २४ जेठ काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले चालु आर्थिक वर्षमा सरकारले लिएको कर नीतिका कारण गरिबहरु झन् गरिबीमा जाने बताएकी छन् ।आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमाथि प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले आलु र प्याजजस्ता दैनिक उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लिने सरकारको नीतिले गरिबलाई झन् गरिब बनाउने बताइन् ।

    images
    राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालमा गरिबहरुले खानामा आफ्नो आम्दानीको ६५ प्रतिशत खर्च गर्नुपर्ने र धनीले ३५ प्रतिशत मात्र खर्च गर्नुपर्ने देखाएको भन्दै सांसद श्रेष्ठले सोधिन्, ‘खानेकुरामा कर लगाएपछि कसलाई बढी कर भयो ?’सरकारको यो निर्णयले बजेट पास भएपछि आलु, प्याजजस्ता तरकारी १३ प्रतिशतले महंगो हुने भएकाले यो लागू हुन नदिने सांसद श्रेष्ठले बताइन् । अर्थमन्त्रीले आफूले लक्ष्य राखेकोजति राजस्व उठाउन जे पनि गरेको भन्दै उनले अर्को वर्षदेखि सासमा पनि कर लिन सक्ने भन्दै आक्रोश पोखिन् ।

     हरेक सासको कति मोल लिनुहुन्छ ?’ उनले प्रश्न गरिन् । दलहरुले राजनीतिक मुद्दा उठाएर पटक पटक संसद अवरोध गरेको भन्दै सांसद श्रेष्ठले अब आफूहरु नागरिकको मुद्दा उठाएर संसद अवरोध गर्ने बताइन् ।

    images
    images
    images

    प्रकाशित मिति :जेठ २४, २०८० बुधवार - १८:०९:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको