Logo

बिहिवार, श्रावण १४ गते २०८३

जसपा नेता राजेन्द्र श्रेष्ठले प्रचण्ड नेतृत्वको सरकारमाथि ओलीले अस्त्र प्रयोग गरिरहेका छन्

जसपा नेता राजेन्द्र श्रेष्ठले प्रचण्ड नेतृत्वको सरकारमाथि ओलीले अस्त्र प्रयोग गरिरहेका छन्

जोईन खबर

२५, जेठ २०८०
  • 748
    SHARES
  • जसपा नेता राजेन्द्र श्रेष्ठले प्रचण्ड नेतृत्वको सरकारमाथि ओलीले अस्त्र प्रयोग गरिरहेका छन्

    २५ जेठ काठमाडा । जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पाँच वर्षसम्मै जाने दाबी गरेका छन् । हिजो बुधबार प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमाथि निरन्तर अस्त्र प्रहार गरिरहेको हुन् ।ओलीले अहिले पनि अस्त्र प्रयोग गर्न खोजिनै हरनु भएको छ ।

    images

    संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता चाहिँदैन भन्ने भन्नेहरुसँगको उहाँको सहकार्यबाट उहाँको भविष्यको दिशा निर्धारण गर्छ । राष्ट्रपति संस्था अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले नानगरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान सम्मत रहेको उनको दाबी छ ।‘संवैधानिक राष्ट्रपतिले दुवै सदनले पारित गरेर पठाएपछि, विधेयक उत्पत्ति भएको संसद्ले प्रमाणीकरण गरेर पठाएपछि फाइनल प्रमाणीकरण राष्ट्रपतिले गर्ने हो नि ।

    संविधान सम्मत छ भने यो अविच्छिन्न उत्तराधिकारवाला हो । संसद् पनि अविच्छिन्न उत्तराधिकारवाला हो । राष्ट्रिय सभा कहिले पनि विघटन हुँदैन । उही कुरा केपी ओलीले गर्दा ठीक, प्रचण्डले गर्दा बेठीक भन्ने कुरा नै राम्रो नियत भएन जसपा नेता राजेन्द्र श्रेष्ठले बताउनु भयो ।

     

    प्रकाशित मिति :जेठ २५, २०८० बिहिवार - १२:३१:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको