Logo

बिहिवार, श्रावण १४ गते २०८३

कांग्रेस महामन्त्री गगन थापाले आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदलाई हेप्छ

कांग्रेस महामन्त्री गगन थापाले आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदलाई हेप्छ

जोईन खबर

२८, जेठ २०८०
  • 697
    SHARES
  • कांग्रेस महामन्त्री गगन थापाले आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदलाई हेप्छ

    २८ जेठ काठमाडौ । कांग्रेस महामन्त्री गगन थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले बजेट निर्माणमा आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदहरूलाई हेप्ने गरेको गुनासोसमेत गरे। 

    images
    पार्लियामेन्ट सिस्टममा सरकारसँग बहुमत हुने भएकाले सरकारले पेलेरै बजेट पारित गराउने र कार्यान्वयनको सुनिश्चित नहुने अवस्था भएकाले त्यसको अन्त्य हुने गरी अघि बढ्नुपर्ने उनले बताए। महामन्त्री थापाले करको दर फेरहेर गर्नका लागि राजस्व बोर्ड नै गठन गर्न उपयुक्त हुने धारणासमेत राखे। 

    अर्थ मन्त्रालय वा सरकार हामीसँग डराइराखेको देखिरहेको हुँदैन। स्रोत केमा खर्च गर्ने, कसरी खर्च गर्ने ? यावत् कानुन बनाउने अधिकार हामीसँग छ। त्यो अधिकारको हामीले प्रयोग गरिरहेका छैनौँ। त्यो अधिकारको प्रयोग नगरेको हुनाले सरकारले हामीलाई हेप्छ। जे गरे पनि हुन्छ भन्छ। किनभने पार्लियामेन्ट सिस्टममा सरकारसँग जहिले पनि बहुमत हुन्छ। र, हामीकहाँ क्रस पार्टी काम गर्ने प्रचलन पनि छैन। त्यसैले माननीय सदस्यहरूलाई मेरो आग्रहचाहिँ यो बजेट त अब पास भएर जान्छ। मन्त्रीलाई पार्दिनु है भनेर भन्नुपर्ने अवस्था हामीले आफ्नो हातमा भएको अधिकार प्रयोग नगरेर भएको हो। बजेट प्रणालीमा सुधार गरौँ।’

    प्रकाशित मिति :जेठ २८, २०८० आइतवार - १६:५०:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको