Logo

बिहिवार, श्रावण १४ गते २०८३

भीमसेन थापा गाउँपालिकाद्धारा माओवादी केन्द्र का अगुवा नेता कार्यकर्तालाई दुई दिने स्कुलिङ

भीमसेन थापा गाउँपालिकाद्धारा माओवादी केन्द्र का अगुवा नेता कार्यकर्तालाई दुई दिने स्कुलिङ

जोईन खबर

२९, जेठ २०८०
  • 640
    SHARES
  • भीमसेन थापा गाउँपालिकाद्धारा माओवादी केन्द्र का  अगुवा नेता कार्यकर्तालाई दुई दिने स्कुलिङ

    २९ जेठ काठमाडौ ।   गाेरखा भिमसेन थापा गाउँपालिकाको पालिका स्तरीय नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अगुवा कार्यकर्ताको स्कुलिङ कार्यक्रम आइतबार सम्पन्न भएको छ । नेता कार्यकताहरुलाई पार्टीको नीति सिद्धान्त, बिचार र कार्यदिशा बारेमा अध्ययन गराउन हिजोदेखि सुरु भएको स्कुलिङ आज सम्पन्न भएको नेकपा माओवादी केन्द्र भिमसेन थापा गाउँपालिका पार्टी अध्यक्ष विनोद पाण्डेले जानकारी दिनुभयो ।

    images

    गाउँपालिकाको वडा नम्बर ५ वगुवा स्थित सहिद स्मृती भवनमा आवासिय सुविधा सहित भएको दुई दिने स्कुलिङमा पालिका भित्रका सवै वडा वडापार्टी समितिका पदाधिकारी, गाउँपालिका पार्टी समितिका सदस्य तथा पदाधिकारी, पालिका भित्रका प्रदेश समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा पहिलो दिन पार्टीका केन्द्रीय सदस्यहरु अमर तमुले राजनीतिक अर्थशास्त्र र पार्टीको कार्यदिशा, लेखबहादुर थापाले दर्शन शास्त्र, कमला नहर्कीले संगठानात्मक सिद्धान्त, गण्डकी प्रदेश कमिटी स्कुलिङ विभाग सदस्य अंकुर तिमिल्सेना (आयाम) ले बिश्व कम्युनिष्ट आन्दोलनको इतिहास, पार्टी जिल्ला संयोजक बिष्णु भट्टले राजनीतिक कार्यदिशा, मालती भट्टले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास बिषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

    स्कुलिङ कार्यक्रम पालिका भित्रका एक सय एघार जना भन्दाबढी अगुवा कार्यकर्ताहरुको उत्साह जनक सहभागिता रहेको थियो । गाउँपालिकाले दुई दिनसम्म आवासिय सुविधा सहित पालिका भित्रका अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको हो ।

    प्रकाशित मिति :जेठ २९, २०८० सोमवार - ११:३९:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको